Live ताजा अपडेट
2023-05-29 19:21:19

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट वक्तव्य वाचन पूरा गरेका छन् । 

Onlinekhabar
2023-05-29 19:19:59

यो बजेट कार्यान्वयनबाट ६ प्रतिशत आर्थिक वृद्धि हुनेछ । त्यस्तै मूल्यवृद्धि ६.५ प्रतिशतमा सीमित रहनेछ । 

Onlinekhabar
2023-05-29 19:17:06

५० लाख भन्दा बढी वार्षिक आय भएका प्राकृतिक व्यक्तिको आयकारमा केही वृद्धि भएको छ । 

Onlinekhabar
2023-05-29 19:16:28

लघु उद्योगले आयात गर्ने घरायसीबाहेकका सामानको भन्सार महसुलमा १ प्रतिशत छुट । 

Onlinekhabar
2023-05-29 19:11:01

बजेटको स्रोत : 

राजस्वबाट १२ खर्ब ४८ अर्ब ६२ रुपैयाँ 

वैदेशिक अनुदानबाट ४९ अर्ब । 

विदेशी ऋण २ खर्ब १२ अर्ब । 

आन्तरिक ऋण २ खर्ब ४० अर्ब । 

Onlinekhabar
2023-05-29 19:04:52

पुँजीगत तर्फ ३ खर्ब २ अर्ब ७ करोड अर्थात १७.२५ प्रतिशत । 

वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब ४५ करोड अर्थात १७.५५ प्रतिशत । 

Onlinekhabar
2023-05-29 19:03:04

जसमध्ये चालु खर्च ११ खर्ब ४१ अर्ब ७८ करोड  । जुन ६५.२ प्रतिशत हो । 

Onlinekhabar
2023-05-29 19:02:38

आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट । 

Onlinekhabar
2023-05-29 19:00:45

प्रत्येक निर्वाचन क्षेत्रमा ५ करोड पाउने गरी संसदीय क्षेत्र पूर्वाधार कार्यक्रम बजेटमा समेटियो। यो कार्यक्रमका लागि ८ अर्ब २५ करोड रुपैयाँ विनियोजन । 

Onlinekhabar
2023-05-29 18:59:01

राष्ट्रिय परिचय पत्र, राहदानी, सवारी चालक अनुमित पत्र सहज रुपमा प्रदान गर्न आवश्यक अनुसार दुई सिफ्टमा सञ्चालन गरिनेछ । 

Onlinekhabar